एकैदिन दुई हजारले बढ्यो सुनको मूल्य


काठमाडौं– नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको भाउ आन प्रतितोलामा दुई हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बिहीबारको तुलनामा २० रूपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो।