विमानस्थलभित्र दुई गुणाले बढ्यो पार्किङ शुल्क


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ गर्दा लाग्ने शुल्क दोब्बर बढेको छ । विभिन्न काम विशेषले विमानस्थल पुगेका सवारीधनीले पार्किङ शुल्क पहिलेको तुलनामा दोब्बर तिरिरहेका छन् ।

यसअघि पार्किङ गरेबापत दुईपांग्रे सवारीले प्रतिघण्टा २० रुपैयाँ तिर्ने गरेका थिए । अहिले उक्त मूल्य दुई गुणासम्म बढेको छ। अहिले विमानस्थलमा मोटरसाइकल, स्कुटरलगायत दुईपांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिरिरहेका छन् ।

यस्तै, कार, जिपलगायत चारपांग्रे सवारीको पार्किङ शुल्क पनि बढेको छ । पहिले चार पाङ्ग्रे सवारीसाधनलाई प्रतिघण्टा ४० रुपैयाँ तिर्नुपर्ने भएपनि यसको शुल्क बढेर ८० रुपैयाँ पुगेको छ ।

यस्तै, त्रिभुवन विमानस्थलको पार्किङमा माइक्रोबस, ट्याम्पोलगायत सवारीको १०० रुपैयाँ र गह्रौँ सवारीको १५० रुपैयाँ तोकिएको छ ।