प्रधानमन्त्री चीन भ्रमणमा जानु अघि राजदुत नियुक्त
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि सरकारले चिनका लागि नेपाली राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रा.डा. कृष्ण प्रसाद ओलीलाई राजदूत पदमा नियुक्त गरेका हुन् ।
यसअघि चिनका लागि राजदूत विष्णुपुकार श्रेष्ठलाई सरकारले फिर्ता बोलाएपछि चीनमा नेपाली राजदूत पद रिक्त रहँदै आएको थियो । अहिले संसदीय सुनुवाइ प्रक्रिया पूरा भइसकेका ओलीलाई राष्ट्रपतिले नियुक्त गरेसँगै अब चीन गएर उनले प्रधानमन्त्रीको भ्रमणको आवश्यक तयारीलाई तीव्रता दिने बताइएको छ ।
प्रधानमन्त्री ओली यही डिसेम्बर महिनामा चीन भ्रमण जाने तयारीमा छन् । उनी जाने मितिको विषयमा भने सरकारले यकिन जानकारी दिएको छैन ।