भोलीदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजले दैनिक उडान गर्ने


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं– भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजले दैनिक उडान गर्ने भएको छ । कतार एअरवेजले मंगलबारदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्न लागेको हो । र्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले उज्यालोलाई जानकारी दिनुभयो ।

कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण हुनेछ । उक्त जहाजले भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाडौंका लागि उड्ने र सोही जहाज दोहाका लागि काठमाडौंबाट बेलुका ६ः५५ मा उड्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कतार एअरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको छ । आउँदो मङ्सिर १५ गतेसम्मको लागि कतारले पेस गरेको उडान तालिका क्यानले स्वीकृत गरेको छ । कतारले यसअघि त्रिभुवन विमानस्थलमा दैनिक चार वटा उडान गर्दै आएकोमा दैनिक १० घण्टा विमानस्थल बन्द भएपछि दैनिक दुई वटा उडान गरिरहेको छ ।

भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।