सुशान्त केसीको ‘बार्दली’ युट्युबमा करोड क्लबमा


काठमाडौं– गायक सुशान्त केसीको नयाँ गीत ‘बार्दली’ युट्युबमा एक करोडभन्दा धेरै पटक हेरिएको गीत बनेको छ । यो गीतले आइतबार बेलुकासम्म एक करोडभन्दा धेरै भ्युज बटुलेको हो ।

यस गीतमा शब्द र संगीत सुशान्तकै छ । भिडियोमा उनीसहित निश्चल बस्नेत, स्वस्तिमा खड्का, आना शर्मा, सृष्टि श्रेष्ठ र इन्द्रकला राईको अभिनय छ ।

११ कात्तिकमा सुशान्तको आफ्नै युट्युब च्यानलमा यस गीत रिलिज गरिएको थियो । रिलिज भएदेखि नै लगातार संगीत खण्डतर्फ युट्युबको शीर्ष स्थानको ट्रेन्डिङमा छ । यो गीत टिकटक, रिल्ससहितका सामाजिक सञ्जालमा समेत निकै चलेको छ ।