Logo

रविलाई भेट्न एकैपटक पुगे रास्वपाका उपसभापति वाग्ले र अर्याल

काठमाडौं– सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न पार्टीका उपसभापतिद्धय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा रहेका लामिछानेलाई भेट्न दुबै उपसभापति सोमबार दिउँसो एकैपटक पुगेको रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाले जानकारी दिएकी छिन् । सभापति लामिछानेलाई भेट्न यसअघि अर्याल र वाग्ले छुट्टाछुट्टै जाने गरेका थिए ।

यस्तै सभापति हिरासतमा रहेको समयमा कार्यवाहक सभापति लिन अर्याल र वाग्लेबीच होडबाजी चलेको भन्ने समाचारहरु समेत बाहिरिएका छन् ।
यस्तो अवस्थामा दुवै उपसभापतिले आज सभापति लामिछानेलाई एकसाथ भेटेका हुन् ।

हिजोमात्रै उपसभापति अर्यालले सभापति लामिछाने बाँचुञ्जेल रास्वपाको सभापति रहने स्पष्ट पारेका थिए । उता प्रहरीले लामिछानेलाई पछिल्लोपटक आइतबार थप १३ दिन म्याद थप गरेको छ । उनीमाथी सुप्रीम सहकारीको रकम अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीले मंगलबार बिहान रुपन्देही लानेसमेत तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्