बैतडी– बैतडीको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा चिर्पट प्रहार गरेर जेठानीले देवरानीको हत्या गरेकी छन् ।
छेपट्टाकी ३० वर्षीया दीपा बोहराले आफ्नै देवरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । घरायसी विवादका कारण सोमबार राती करिब ८ बजे दीपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएकी थिइन् ।
सो क्रममा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि जेठानीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया