Logo

दुई वर्षपछि निर्वाचन क्षेत्र पुगे कांग्रेस सभापति देउवा

काठमाडौं– चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत आज धुमधामकासाथ मनाइँदैछ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँतको आज दिउसेडी मेला लाग्नेको छ ।

लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ।

शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ। दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ।

प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन रहेको छ। कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देवरो आउने गरेको भए पनि मूल देवरो भने मालीगाँउबाट ल्याउने चलन रहेको छ।

ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुनेगर्छ। मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापारसमेत हुने गरेको छ।

मेलामा विभिन्न देवीदेउताको जात्रामा सभापति हुन सोमबार डडेल्धुरा पुगेका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आज बडाल जाँतमा सहभागी हुने कार्यक्रम छ।

देउवाचौलोले प्रख्यात बडाल जात, उग्रतारा मेलालगायतमा देउवा सहभागी हुनेछन्। यस्तै जोगबुढामा हुने आम भेलालाई पनि देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। देउवा मंसिर २ गतेसम्म डडेल्धुरा बस्ने कार्यक्रम रहेको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्