रविलाई रुपन्देही लग्ने भएपछि आन्दोलनको तयारीमा रास्पा कार्यकर्ता र सहकारी पीडित, सुरक्षा व्यवस्थामा कडाई
बुटवल– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिने भएको छ । लामिछानेलाई थप अनुसन्धानका लागि रुपन्देही लगिने भएसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पोखरामा हिरासतमा रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लग्न लागिएको हो । तर विमानस्थलमा मौसम नखुल्दा पोखराबाट जहाज उड्न सकेको छैन ।
उता भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । लामिछानेलाई रुपन्देही ल्याउने तयारीसँगै रास्वपाले त्यहाँ प्रदर्शनको तयारी गरिरहेको छ । सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ ।