Logo

पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं– पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । मनाङेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरिएको हो ।

गत मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । गुण्डा नाइकेसमेत भनेर चिनिने मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो । उक्त घटनामा उच्च अदालत पाटनले ०६९ मा ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । सो आदेशलाई सर्वोच्चले सदर गर्दै गत मंगलबार मनाङेलाई दोषी ठहर गरेसँगै आज उनी पक्राउ परेका हुन् ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक पटक मन्त्री बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्