Logo

बोक्सी आरोप लगाउँदै महिलामाथी अमानवीय व्यहार गर्ने तीन जना पक्राउ

कैलाली– कैलालीमा एक महिलालाई बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार भएको छ । टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकालाई बोक्सी लगाएको भन्दै उनै बालिकाको ठूलीआमामाथी अमानवीय व्यवहार भएको हो ।

अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय सुनिल मिश्री , ३७ वर्षीय लाली चौधरी र ३० वर्षीय एक महिला रहेको
इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार १४ वर्षीया ती बालिका बिरामी भएपछि झारफुकका लागि माता भनिने सुनिल मिश्रीको घरमा लगिएको थियो । झारफुकका क्रममा माताले बालिकालाई उनकै ठूलीआमा बाक्सी लागेको भन्दै ५५ वर्षीया एक महिलामाथि अमानवीय व्यवहार गरिएको थियो ।

सोपछि ती महिलाले आफूमाथि बोक्सीको आरोप लगाएको भन्दै झाक्रीसहितका तीन जनाविरुद्ध उजुरी दिएकी थिइन् । बोक्सी आरोपको उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्