काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले घटेको छ । आइतबार र सोमबार बढेको शेयर बजार आज ११.२४ अंकले घटेको हो ।
मंगलबार परिसूचक २७४९ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज ८० कम्पनीको सेयर बढेको छ भने १५७ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने मंगलबार स्थिर रह्यो ।
मंगलबार गुराँस लघुवित्त, मेन्छियम हाइड्रपावर लगायत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.३६ अंकले घटेको छ । कारोबार रकमका हिसाबले भने गुडविल फाइनान्स शीर्ष स्थानमा रह्यो । यसको २९ करोड २८ लाख ६१ हजार मूल्यको सेयर खरिद बिक्री भएको छ ।
आज कुल ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक १.१२ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया