Logo

पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सभाहलमा दिउँसो २ बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीसँग बक्यौता रकम उठाउनुपर्ने घिसिङले अडान लिँदै आएका थिए । उनले बक्यौता नबुझाउने उद्योगीको लाइन समेत काटेका थिए ।

महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठुला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।

यसैबिच मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्