Logo

मन्दिरको मुल ढोकामै झुण्डिइन् पुजारी

काठमाडौं– सुर्खेतको देउती बज्यै मन्दिरको मुल ढोकामा पुजारी झुण्डिएको अवस्थामा फेला परेकी छन् । ५० वर्षिया सरस्वती राजी झुण्डिएको अवस्थामा आज बिहान फेला परेकी हुन्।

उनी सोही मन्दिरको पुजारी रहेको जनाइएको छ। अहिले प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि प्रदेश अस्पताल पठाउने तयारी गरेको छ । पुजारी नै मृत अवस्थामा भेटिएपछि मन्दिरको नियमित पुजा अर्चना रोकिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्