एजेन्सी– लागू पदार्थ र जुवाको लत लागेका छोराबाट वषौँसम्म हैरानी खेपेपछि एक महिलाले घरभित्र नै जेल बनाएकी छिन् । थाइल्यान्डको बुरिराम प्रान्तकी ६४ वरर्षीय महिलाले आफ्नो र छिमेकीलाई लागू पदार्थको दूव्र्यसनीमा फसेका छोराको लागि जेल बनाएकी हुन् ।
हालै मात्र महिलाले ठेकेदारलाई भनेर घरभित्र जेलको कोठा बनाउन लगाइन् । जहाँ ४२ वर्षीय छोरालाई थुन्न उनले जेल बनाएकी हुन् । ती महिलाको छोरामा २० वर्षअघिदेखि नै लागुऔषधको दुव्र्यसनी रहेको छ । छोरा दुर्व्यसनी त थिए नै त्यसमाथि जुवाको पनि लत लागेपछि स्थिती झनै बिग्रियो ।
वृद्धाको श्रीमान् छोराको दुर्व्यसनकै कारण डिप्रेसन र तनावका कारण मरेका थिए । श्रीमानको मृत्युपछि आफू छोराले केही गर्ने हो की भन्ने डरमा बाँचेको उनले बताएकी छिन् ।
देशभरका १० फरक फरक पुनर्वास केन्द्रमा छोरालाई कयौंपटक राखिन् पनि । तर कुनै उपायले काम गरेन । समय बित्दै जाँदा वृद्धाको छोरा झन् झन् आक्रामक बन्दै गए । छोरा अन्त राखेमा कुनै न कुनै दिन घर फर्किने भएकाले महिलाले घरमै जेलको जस्तै कोठा बनाइन् ।
जेल बनाएपछि छोरालाई नियन्त्रण गर्न नसकेर महिलाले प्रहरीसँगै गुहार माग्नुपर्यो । अक्टोबर २३ मा उनले प्रहरीको सहयोगमा छोरालाई आफूले बनाएको जेलमा नियन्त्रणमा राखेकी थिइन् ।
सो कोठामा ओछ्यान, स्नानगृह र वाई फाई जस्ता सबै अत्यावश्यक वस्तु भएको वृद्धाको भनाइ छ । खानेकुरा दिनका लागि सानो प्वाल पनि बनाउन लगाएकी छिन् ।
जेलभित्र छोराका लागि पर्याप्त ठाउँ हुने र खानेकुरा र पानीको पनि पूरै व्यवस्था वृद्धाले मिलाएकी छिन् । २४ सैं घण्टा छोराको व्यवहारमाथि निगरानी राख्न सीसीटीभी पनि जडान गरेकी छिन् ।
छोरालाई घरभित्रकै जेलमा राखेपछि आफू र छिमेकी दुवै छोराको आक्रामक व्यवहारबाट जोगिने आशा वृद्धाको छ ।
प्रतिक्रिया