बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान सुरू भएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा मंगलबार पोखराबाट भैरहवा पुर्याइएकालामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले आज तेस्रो दिन बयान सुरु गरिएको हो । उनको हिजोदेखि लिखित बयान लिन सुरू गरिएको छ । मंगलबार भने सरकारी वकिलको कार्यालय रुपन्देहीले मौखिक बयान लिएको थियो ।
लामिछानेसँग बुधबार १० घण्टा बयान लिइएको थियो । उनको बयान आज सकिने र सकिएपछि उनलाई पुन पोखरा पठाउने तयारी रहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले बताएका छन् ।
मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिइएको थियो । बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ । बयानका लागि सरकारी वकिलको कार्यालमा लैजाँदा उनलाई प्रहरीको घेराबाट कार्यालय प्रवेश गराउने र ल्याउने गरिएको छ । सरकारी वकिल कार्यालय आसपासमा भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध गरेको छ ।
यद्यपी सहकारी पीडित र रास्वपाका कार्यकर्ताले आआफ्नो तर्फबाट भैरहवामा प्रर्दशन गरेका छन् ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। लामिछानेसहित जीबी राई, छविलाल जोशी, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया