Logo

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाँदैछन् । प्रधानमन्त्रीको उक्त चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओेलीको चीन भ्रमणका सम्बन्धमा छलफल गर्न प्आइतबार बिहान ११ बजेको लागि बैठक राखेको हो । संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा आह्वान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिमा उपस्थित गराउने प्रयास गरिरहेको समिति सचिवालयले जनाएको छ । बैठकमा परराष्ट्रमन्त्री आरजु राणालाई पनि बोलाइएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने लगायतको तयारी रहेको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्