काठमाडौं– जाडो बढेसँगै काठमाडौंको वायु प्रदूषणको स्तर दिनप्रतिदिन खराब बन्दै गएको छ । यसैक्रममा बिहीबार बिहान काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा छैटौँ नम्बरमा पुगेको छ ।
आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौंको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।
पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । यस्तै भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।
तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो भारतको कोलकाता र पाँचौँ स्थानमा बंगलादेशको ढाका सहर रहेको छ ।
हावामा धुँलोका कण र धुँवाको मात्रा बढ्दा वायु प्रदूषित हुने गरेको छ । धूलोलाई पखाल्ने गरी पानी नपर्दासम्म र बेस्सरी हावा नचल्दासम्म प्रदूषण झन् बढ्ने गर्दछ ।काठमाडौंमा पानी समेत नपरेकाले वायु प्रदूषण बढेको हो ।
वायु प्रदूषणका कारण आँखामा जलन, घाँटी खसखस हुने र श्वासप्रश्वासका बिरामी बढी मारमा पर्ने गरेका छन् ।
प्रतिक्रिया