काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित रास्वपाका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो।
रवि लामिछाने मुछिएको सहकारी प्रकरण अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित अधिवक्ता अनुपम भट्टराईले मुद्दा दर्ता गराएका हुन् । उक्त मुद्दामा मङ्सिर ३ गतेको लागि पेसी तोकिएको छ ।
उक्त निवेदन सुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै कात्तिक १४ गते दरपिठ गरेको थियो । सह रजिस्ट्रार अच्युत कुइँकेलले दरपिठ गरेपछि त्यस विरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपिठ बदर गरेसँगै मुद्दा दर्ता भएको थियो ।
अवहेलना निवेदनमान्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गर्दै ष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीलाई विपक्षी बनाइएको छ ।
अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको हो।
प्रतिक्रिया