मात्तिएर दुलाहा पुगेपछि बिहे नै रद्द , बेहुली पक्षले बिहेको खर्च माग्दै बनाए बन्धक


काठमाडौं– बिबाह भनेको मानिसको जिवनमा एक पटक गरिने समारोह हो । बिहेको समयमा रमाइलो गरेर अविष्मरणीय बनाउने कोसिस गरिन्छ । तर भारतको प्रतापगढमा भने बिहेमा बेहुला नै मदिराको नशाले मातिएको अवस्थामा पुगेका छन् ।

बिहेमा बेहुला मात्रै होइन बेहुलाको बुबा नै मात्तिएर पुगेका थिए । प्रतापगढको कांधाई थाना क्षेत्र बेहुला र बेहुलाको बुबा नै मात्तिएर पुगेपछि बेहुलीले बिहे नै गर्न अस्विकार गरिन् । सञ्जय नामका व्यक्तिले आफ्नी छोरीको विवाह करणपुर खुजी गाउँका तोताराम अर्थात् अनीस कुमारसँग तय गरेका थिए ।

गत सोमबार साँझ अनीस जन्तीसहित बेहुलीको गाउँमा पुगेका थिए । तर बेहुलाको बुबा छोराले नै मदिरा सेवन गरेर विवाह समारोहमा नै हंगामा मच्चाए । यसरी हंगामा मच्चाएको कुरा दुलहीले थाहा पाएपछि उनले बिहे गर्न अस्वीकार गरे । दुलहीका बुबा पनि छोरीको निर्णयमा सहमत देखिए । त्यसपछि रातभर बेहुलीलाई मनाउने प्रयास गरिएको थियो तर उनी विवाह गर्न तयार भइनन् ।

त्यपछि भोलिपल्ट अर्थात मंगलबार बिहान युवतीका तर्फबाट बिहे रद्द गरिँदै बिहेमा खर्च भएको रकमको माग दुलाहा पक्षसँग गरिएको थियो । तर, बेहुला पक्षले पैसा दिन नमानेपछि बेहुला र उनका बुवालाई बन्धक बनाइएको थियो ।

स्थिती तनावग्रस्त बनेपछि घटनास्थलमा पुगेर प्रहरी नै पुगेर सहमतिको प्रयास गरेका थिए । पछि पञ्चायत र प्रहरीले केटा पक्षलाई केटी पक्षलाई ९५ हजार भारु तिर्न लगाइएको थियो ।

पैसा तिरेपछि बेहुला र उनका बुवा बेहुलीबिना नै घर फर्किएका छन् ।