रविको पक्राउबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै रास्वपा


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार भेला भएका नेताहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने समयबारे छलफल गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने हिरासतमा छन् । रविलाई पोखरामा बयान गराएर मंगलबार थप अनुसन्धानका लागि रुपन्देही लगिएको छ ।

रविमाथि सरकारले गरिरहेको क्रियाकलापलाई लिएर ज्ञापनपत्र बुझाउन लागिएको प्रवक्ता झाले बताएका छन् ।