एक दिनका लागि बंगलादेशलाई विद्युत बेच्दै नेपाल


काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भोली (शुक्रबार) देखि बंगलादेशलाई विद्युत निर्यात गर्नेभएको छ । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएसँगै नेपालले भोलीदेखि विद्युत निर्यात गर्न लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषका अनुसार भोली दिउँसो १२ः४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात गर्न लागिएको हो । तर यस वर्षका लागि नेपालले भोली एक दिन मात्र बंगलादेशलाई विद्युत निर्यात गर्नेछ र

नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई विद्युत बेच्ने सम्झौता भएको छ । सम्झौताअनुसार भोली नोभेम्बर १५ भएकाले विद्युत बेच्न मिल्ने अन्तिम दिन हो । सोही सम्झौता अनुसार नेपालले यस वर्ष शुक्रबार एक दिन मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ । त्यसपछि बंगलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ ।