Logo

कोप–२९ मा सहभागी भएर फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भई स्वदेश फर्किएका छन्। केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति पौडललाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष ,उपसभामुखलगायत उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो। राष्ट्रपति पौडेले बिहीबार साँझ कतारको दोहा पुगेका थिए । राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी रहेका थिए। यही कात्तिक २६ देखि सुरु भएको कोप–२९ आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्