काठमाडौं– झापाको मेचीनगर नगरपालिका–१० निन्दाखोला नजिकैको घारीमा एक नवजात शिशु फेला परेको छ ।
जिवितै अवस्थामा फेला परेको नवजात शिशुको उद्दार गरेर इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाइएको छ । फेला परेको शिशु छोरी रहेको बुझिएको छ । झाडीमा शिशु भेटिँदा कमिलाले टोक्दै गरेको र रगत समेत आइरहेको अवस्थामा भेटिएकी थिइन् । उक्त शिशु कसको हो भन्ने पहिचान भइनसकेको झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन् ।
अहिले शिशुको अवस्थामा सामान्य रहेको छ । कसको शिशु, कसले त्यहाँ राख्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यस्तै गत शनिबार मात्रै झापाकै हल्दिबारी नगरपालिका –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा मृत शिशु भेटिएको थियो । जन्माएर एक महिला फरार भएकी थिइन् ।
बिर्तामोड नगरपालिका १० घर भएकी हिलाले शौचालयमा मृत शिशु छाडेर भागेकी थिइन् । सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरेर प्रहरीले पक्राउ गरेको थियो ।
ती महिलाको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइएको छ । सोही समयमा गर्भवती भएपछि सुत्केरी व्यथा लागेको समयमा क्लिनिकमा आएर शौचालयमा बच्चा जन्माएर छाडेर हिँडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया