अतिक्रमित संरचना भत्काउन गौशाला पुग्यो नगर प्रहरी


फाइल तस्बीर

काठमाडौं– चक्रपथ सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल डोजरसहित गौशाला क्षेत्रमा पुगेको छ ।

चक्रपथ सडक सीमाको २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन नगर प्रहरीको टोली त्यहाँ पुगेको हो ।

नगर प्रहरीको टोली अतिक्रमित संरचना भत्काउन पुगेपछि स्थानीयले अवरोध गरेका छन् । पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउन त्यहाँ पुगेको र स्थानीयसँग छलफल भइरहेको नगर प्रहरीले जनाएको छ।