काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री छाड्नुपर्दाको पीडामा आफू नरहेको बताएका छन् ।
नेपाल राष्ट्रिय प्राध्यापक संघका पूर्वसंयोजक अखिलेश्वर दासको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै आफू सरकारबाट हट्दा संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने चिन्ता भने रहेको बताएका छन् । उनले प्रधानमन्त्री छाडेपछि आफू झन् रिल्याक्स मुडमा रहेको बताएका हुन् ।
उनले भने ‘प्रचण्डलाई सरकार छाडेको पीडा छैन । प्रधानमन्त्री हुँदाभन्दा झन् कम्फरटेबल फील गरेको छु । रिल्याक्स छु । जनतासँग गइरहेको छु । संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने मात्र चिन्ता छ ।’
उनले इतिहासबाट आफूले पाठ सिकेको बताउँदै उनले भने, ‘म कतै चिप्ला कुरामा चिप्लिएँ । देशको राजनीति जटिल भयो भन्ने महसुस भएको छ । इतिहासले जसलाई मिल्नु भनेको छ, उनीहरूसँग मिल्नुपर्छ भन्ने आवश्यकता बोध भएको छ ।’
विगतको जस्तै संविधान मिच्ने र संसद् विघटन गर्ने कसरत सफल हुन नपाओस् र देशलाई फेरि प्रतिगमनतिर लैजाने कसरत सफल नहोस् भनेर परिवर्तन पक्षधरहरू एकजुट हुनुपर्ने उनले बताएका छन् ।
प्रतिक्रिया