डिजिटल लाइसेन्स नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण
काठमाडौं– डिजिटल सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नियमनको लागि ट्राफिक प्रहरीलाई ४०८ थान स्मार्टफोन हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने मुख्यमन्त्री लामाले बताइका छन् । उनले नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने बताए ।
आईजी कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई उक्त स्मार्टफोन अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताए ।