धरहराको लिफ्ट बिग्रीयो, खुला गरिएको दुई महिना नपुग्दै अनिश्चितकालका लागि बन्द
काठमाडौं– असोजबाट सञ्चालनमा ल्याएको धरहरा केहि दिनअघिदेखि बन्द भएको छ । संविधान दिवसको अवसरमा असोजबाट सञ्चालनमा ल्याइएको धरहराको लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि बन्द भएको हो ।
लिफ्ट बनेपछि धरहरा पुन सञ्चालमा आउने सहरी विकास भवन निर्माण विभागले जनाएको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो ।
निर्माण थालेको ६ वर्षपछि पुर्ण रुपमा धरहरा निर्माणका काम सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो । तत्काल परीक्षणका लागि खुला गरिएको यस धरहरा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो ।
बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा साँधैका लागि खुला गरिएको फेरी चढ्न पाउनेको सङ्ख्या बढाएर एक हजार ५० पुर्याएको थियो । धरहरा खुला गरियता हालसम्म २५ हजार ७४२ जनाले चढेको छन् ।