शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । शुक्रबार र शनिबार बम्पर व्यापार गरेको फिल्मको व्यापार आइतबार पनि सुखद छ ।
तर, यही बिचमा यसको निर्माणपक्षले आफूहरुको फिल्मलाई असफल बनाउने षड्यन्त्र भएको आरोप लगाएको छ । सामाजिक संजालमा नायिका नीता ढुंगानाले फिल्मलाई असफल बनाउन केही मानिसहरु लागिपरेको भन्दै प्रमाण पेश गरेकी छिन् ।
थुप्रै आइडीबाट बारम्बार फिल्मको बिषयमा नकारात्मक टिप्पणी गरिएको भन्दै नीताले हलमा पनि एउटा समुह सक्रिय भएको आरोप लगाइन् । उनले, हलमा पुगेर ‘फिल्म राम्रो छैन’ भन्दै एउटा समुहले भ्रम फैलाएको आरोप लगाइन् ।
नीताले, दर्शकबाट भने फिल्मको प्रतिक्रिया उत्कृष्ट आएको भन्दै आफूहरुको फिल्मलाई आक्रामण गरेर कसले के पाउँछन् भनेर प्रश्न गरेकी छिन् ।
फिल्मको निर्माण टिमले आक्रामण कसले गर्यो भनेर कसैको पनि नाम लिएको छैन । तर, नीताले ‘पुर्ण बहादुरको सारङ्गी’लाई राम्रो भन्ने समुहले आफूहरुको फिल्मलाई नराम्रो भनेको आरोप लगाएकी छिन् ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्ममा नेपाल तथा भारतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया