काठमाडौं– नक्कली फेसबुक आईडी बनाएर बिहेको प्रलोभन देखाउँदै युवतीहरुलाई ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घर भएका रुद्रबहादुर तामाङ पक्राउ गरेका हुन् ।
काठमाडौं चन्द्रागिरी बस्दै आएका उनलाई चन्द्रागिरीको हाईभिजन कोलोनीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
तामाङले उनले फेसबुकमा केटी साथी बनाउँदै आफू सिंगापुरे लाहुरे भएको बताउँथे । उनले बिहे गरेर सिंगापुर लैजाने भन्दै केटीहरुलाई प्रलोभन समेत देखाउँथे।
केटीहरुलाई विश्वासमा दिलाउनका लागि उनले कागजातहरु समेत पठाउने गरेको खुलेको छ । त्यसपछि सिंगापुर जान कागजात बनाउनुपर्छ भन्दै चेक तथा नगद गरेर पटक पटक २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेको खुलेको छ ।
प्रतिक्रिया