काठमाडौं– पूर्वी रुकुमको पुथा उत्तरगंगामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेल गरेका छन् । आगमी मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्षमा एमाले–कांग्रेसले तालमेल गरेका हुन् । पुथा उत्तरगंगामा कांग्रेस र एमाले मिलेर माओवादीलाई हराउने रणनीतिअनुसार तालमेल गरिएको बताइको छ ।
पुथा उत्तरगंगामा एमालेकी उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सहयोग गर्ने भएको हो । तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्यसमेत हुन् । रोचक कुरा के छ भने तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचन लड्नुपर्ने सहमति भएको छ ।
त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष चयनका लागि एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई कांग्रेसले समर्थन गरेको छ । कांग्रेसले वडा नं. २ मा रोकालाई समर्थन गर्ने भएको छ ।
पुथा उत्तरगंगा माओवादीको गढ मानिन्छ । कांग्रेस–एमाले नमिली सो क्षेत्रमा माओवादीलाई हराउन नसकिने निश्कर्षसहित तालमेल भएको बताइएको छ । सवारी दुर्घटनामा परी उपाध्यक्ष उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । भूपेन्द्रा र जसबहादुर दुवै माओवादी केन्द्रबाट निर्वाचित थिए ।
प्रतिक्रिया