Logo

अनलाइन जुवा खेलाउने प्लेटफमको ब्रान्ड एम्बास्डरमा स्वस्तिमा खड्का, वास्तविकता के हो?

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई ब्रान्ड एम्बास्डर बनाएको दाबी गर्दै अनलाइन जुवाको प्रचार भइरहेको बताएकी छिन् । गैरकानुनी प्लेटफर्ममा आफ्नो नाम र फोटो दुरुपयोग भएको कुरा खड्काले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट शेयर गर्दै जानकारी दिएकी छिन् ।

उनले लेखेकी छिन्, “मलाई ब्रान्ड एम्बास्डर’ को रूपमा अनुबन्ध गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको छ,” खड्काले लेखेकी छिन्, “म यस्ता गैरकानुनी एपबाट कोसौं टाढा छु । यस्ता पोस्टहरू देख्नुभयो भने रिपोर्ट गरिदिनुहोला ल । नेपाल प्रहरीले कारबाही गर्नेछ भन्ने विश्वासमा छु ।’

नाम ‘हिमा ८ एनपी’ बताउने कम्पनीले आफ्नो ब्रान्ड एम्बास्डरमा नायिका स्वस्तिमा खड्काको फोटो दुरुपयोग गर्दै प्रचार गरेको हो । प्रचार गरिएको फोटोमा स्वस्तिमा खड्कालाई २०२४ का लागि ब्रान्ड एम्बास्डर नियुक्त गरेको भन्दै नक्कली पोस्ट राखिएको छ । पोस्टमा खड्काको नक्कली सिग्नेचर गरेको पनि देखाइएको छ । स्वस्तिमाले नै उक्त प्लेटफर्ममा ब्रान्ड एम्बास्डर हुने भनेर छनोट गरेकोसमेत दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्