अनलाइन ठगी गर्नेमा सबैभन्दा धेरै विद्यार्थी


काठमाडौं– नेपालमा हुने अनलाइन ठगीका घटनामा १९ देखि २४ वर्ष उमेर समूहका युवायुवती बढी सक्रिय भएको देखिएको छ । आइतबार नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ ले ४९ प्रतिशत अनलाइन ठगीका घटनामा १९ देखि २४ वर्ष उमेर समूहका युवायुवती संलग्न रहेको पाइएको हो ।

रिपोर्ट तयार पार्न १५१ ओटा ‘शंकास्पद गतिविधि रिपोर्ट’ ९एसएआर० र शंकास्पद कारोबार प्रतिवेदन ९एसटीआर० नमुना विश्लेषण गरिएको थियो । जसमा २४ वर्ष उमेरसम्मका युवा युवती सबैभन्दा धेरै सक्रिय रहेको पाइएको हो ।

त्यसपछि अनलाइन ठगीका घटनामा २१ प्रतिशत २५ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरूको संलग्नता रहेको पाइएको छ। ३१ देखि ३६ वर्ष उमेर समूहका नागरिकहरू १६ प्रतिशत र बाँकी १४ प्रतिशत भने ३६ वर्षमाथिका व्यक्ति छन् ।

अनलाइन ठगीबाट पीडित, प्रहरी, बैङ्क तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, राष्ट्र बैङ्क, समाचार माध्यम, रेमिट्यान्स कम्पनी, भुक्तानी सेवा सञ्चालक र खातावालाबाट

अनलाइन ठगीका घटनामा सबैभन्दा बढी विद्यार्थीहरू संलग्न रहेको तथ्याङ्कले देखाएको छ । रिपोर्ट अनुसार १५१ घटनामध्ये ४४ घटनामा विद्यार्थीहरूको संलग्नता रहेको छ । त्यसपछि दोस्रो स्थानमा २७ जना जागिरे रहेका छन् ।