लाहोरमा वायूको गुणस्तर निकै खराब भएपछि पूर्णरूपमा लकडाउन


काठमाडौं– पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरका केही स्थानमा वायूको गुणस्तर निकै खराब भइसकेको छ । लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको छ । यसको दृश्य अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बिबिसीले लेखेको छ ।

वायुको गुणस्तर मापन गरिने एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) त्यहाँ २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ ।

प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।एक्यूआईको अवस्थामा सुधार नभएमा लकडाउन अवधि थप लम्बिने जनाइएको छ ।

यस्तै भारतमा पनि वायुको गुणस्तर खराब छ । विश्वकै खराब वायु गुणस्तर भएका सहरहरूको सूचीमा भारतको नयाँ दिल्ली सबैभन्दा खराब एक्यूआईका साथ शीर्ष स्थानमा छ । भारतका मुख्य सहरहरू कोलकाता र मुम्बईमा पनि खराब वायु वायु पाइएका छन् ।