Logo

गोरखामा दया र रिश्माले सुरु गरे ‘रिमै’को सुटिङ


फिल्म ‘रिमै’को छायांकन आजबाट गोरखामा सुरु गरिएको छ । फिल्मका मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका रिश्मा गुरुङले फिल्मका लागि शुभसाइत सर्ट दिएका छन् । खिलबहादुर गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्मलाई एक महिनासम्म गोरखामा खिचिनेछ ।

यो फिल्मको गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्लेल, गोहरे, चित्रेपोखरी, गोर्खा बजारमा छायांकन हुनेछ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यो फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुती र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको यो फिल्ममा वुद्दि तामाङ, गौमाया गुरुङ, कविता आले, माओत्से गुरुङ, पुस्कर गुरुङ, विरवल घले, डीवी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

विरवल घले, टिका गुरुङ, दुन बहादुर घलेको लगानी रहने फिल्ममा बिनु गुरुङ, रोशन भट्टराई, राजेश घिमिरे सह–निर्माता छन् । फिल्ममा उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र ध्वज कार्कीको छायांकन रहनेछ । मित्र डी गुरुङले यो फिल्मको सम्पादन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्