Logo

आगामी निर्वाचनमा माओवादी आफ्नो हैसियतमा आउने प्रकाशरण महतको दाबी

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशरण महतले अर्को निर्वाचनमा माओवादी आफ्नो हैसियतमा आउने दाबी गरेका छन् । यसअघि कांग्रेस र एमालेले माओवादीसँग चुनावी गठबन्धनको गरेको कारण माओवादीले दुवै दललाई प्रयोग गरेको महतको टिप्पणी छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट आजित भएर नै अहिले आफूहरु संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेको स्पष्टीकरण दिए ।

(मंगलबार) नेपाली कांग्रेस दुल्लु नगरपालिकाले दैलेखको दुल्लुमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महतले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा महतले भने, ‘कहिले एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री भए कहिले कांग्रेससँग मिलेर, त्यसबाट आजित भएर अहिले हामी मिलेका हौं । अहिले ओली प्रधानमन्त्री बनेका छन्, आगामी निर्वाचन हाम्रो पार्टी सभापति नेतृत्वको सरकारले गर्छ । हामीले बाध्यकारी अवस्थामा विचार नमिल्नेहरुसँग गठबन्धन गरेका हौं ।’

 

प्रतिक्रिया दिनुहोस्