दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न अदालतमा उपस्थित गराईँदै
काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज म्याद थप हुँदैछ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईलाई आज अदालत उपस्थित गराउन लागिएको हो ।
मंगलबार पक्राउ परेका उनलाई हिजो नै म्याद थपका लागि अदालत लैजाने भनिएपनि आवश्यक कागजात र प्रक्रिया नपुग्दा आज लग्न लागिएको हो । उनीमाथि साइबर अपराध, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।
प्रसाईँले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं डलर लगानी रहेको रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए ।