Logo

दुर्गा प्रसाईँका १० जना समर्थक भक्तपुरबाट पक्राउ

काठमाडौं– दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका १० जना पक्राउ परेका छन् । मङ्सिर ७ मा प्रसाईँ नेतृत्वको समूहले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेपछि उनीहरुलाई प्रहरुरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी परिसर भक्तपुरमा राखेको छ । भड्काऊ पूर्ण आन्दोलन गर्नसक्ने आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

यता साइबर अपराधको कसुरमा मंगरबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज म्याद थप हुँदैछ । हिजो नै म्याद थपका लागि अदालत लैजाने भनिएपनि आवश्यक कागजात र प्रक्रिया नपुग्दा आज लग्न लागिएको हो । उनीमाथि साइबर अपराध, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।

प्रसाईँले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं डलर लगानी रहेको रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्