काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा करिब ४५ लाख भत्ता लिएका छन् । उनले एक वर्षको अविधिमा ४४ लाख ९७ हजार रुपैयाँ भत्ता तथा अन्य सुविधा शीर्षकमा बुझेका हुन् ।
राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नर अधिकारीले एक वर्षमा १६ लाख ३२ हजार रुपैयाँ तलब बुझेका छन् । त्यस्तै ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता लिएका छन् ।
राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर, डेपुटी गभर्नर, अर्थसचिव र ३ जना अन्य सदस्य रहन्छन् । यस्तै गत आर्थिक वर्षमा राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले १४ लाख ६० हजार रुपैयाँ तलब लिएकी छन् । उनले सञ्चालक समितिको बैठक भत्तावापत २ लाख ९७ हजार बुझेको प्रतिवेदनमा उल्लेख छ ।
उनले अन्य भत्ता ४५ लाख ५८ हजार रुपैयाँ लिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले भने अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार बुझेका छन् ।
उनले एक वर्षको तलब तलबको रुपमा १४ लाख ६० हजार ४०० रुपैयाँ बुझ्दा सञ्चालक समितिको बैठक भत्ताका रुपमा ३ लाख १५ हजार पाएका छन् ।
प्रतिक्रिया