कम्बोडिया जाँदै सभामुख घिमिरे


काठमाडौं– प्रतिनिसभाका सभामुख देवराज घिमिरे यही मंसिर ७ गते कम्बोडिया जाने भएका छन्।

सभामुख घिमिरेको सचिवालयले जनाएअनुसार उनी सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

उक्त सम्मेलन भने नोभेम्बर २३ देखि २६ सम्म चल्नेछ ।