स्वर्णलक्ष्मी सहकारीको रकम अपचलमा छानबीन गर्न छविलाई झिकाइयो काठमाडौं
काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआइजी तथा गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ ।
जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका काठमाडौं ल्याइएको हो । उनीविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण अनुसन्धानका सुरु गरिको छ ।
पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए । यसअघि बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न उनलाई रुपन्देही पनि लगिएको थियो ।
काठमाडौंमा बयान लिने काम सकिएपछि उनलाई पुन पोखरा नै पठाइने प्रहरीले जनाएको छ ।