काठमाडौं– अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि नेपालले जितेको छ ।
थाइल्यान्डको बैंककमा आयोजिना भएको ‘हेरिटेज प्याजेन्ट’मा नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज जितेकी हुन् ।
मिसतर्फको शीर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले जितेका छन् । दुवै शीर्ष विजेताले पर्सनालिटी विधाको अवार्डसमेत जीतेका छन् ।
‘हेरिटेज प्याजेन्ट–२०२४’मा नेपालसहित भारत, थाइल्यान्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्यान्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या तथा मलेसियाका प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रतिक्रिया