काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा म्याद लिएर उनलाई सिंहदरबारको हिरासतमा राखिएको हो।
मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईँलाई बुधबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश माधव प्रसाद अधिकारीले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन् ।
प्रतिक्रिया