आईपिओ निष्कासनका लागि पाइपलाइनमा ७७ कम्पनी, अबौँ रुपैयाँको आईपिओ निष्कासन गर्ने


काठमाडौं– लामो समयदेखि साधारण शेयर अर्थात् आईपीओ निष्कासन भएको छैन । लामोसमयदेखि अध्यक्ष नपाएको नेपाल धितोपत्र बोर्डले लामोसमयदेखि आईपिओ निष्कासन गरेको छैन । त्यसैले आईपिओ निष्कासनका लागि अनुमतिका लागि ७७ कम्पनी पर्खिरहेका छन् ।

यसअघि नै आईपीओ निष्कासनका लागि ३५ कम्पनीहरू पाइपलाइनमा रहेका थिए । त्यसमा एकै पटक ४२ कम्पनी थपिएपछि आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा रहने कम्पनीको सङ्ख्या ७७ पुगेको हो ।

ती कम्पनीहरुले अर्बौँ रुपैयाँको आईपीओ निष्कासन हुन सकेको छैन । नयाँ कम्पनीहरू थपिएसँगै ७७ कम्पनीहरूको ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार ३१५ रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता आईपीओ पाइपलाइनमा रहेका छन् ।

आईपीओ निष्कासन अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीहरू रहेका छन् । विभिन्न समयमा धितोपत्र बोर्डमा आवेदन दिएर अनुमतिको पर्खाइमा ३७ वटा हाइड्रोपावर कम्पनीहरू रहेका छन् ।

सेबोनले अनुमति दिएपछि यी कम्पनीहरूको १५ अर्ब ७ करोड ९० लाख ४६ हजार ४ सय रुपैयाँ बराबरको १५ करोड ७ लाख ९० हजार ४६४ कित्ता आईपीओ निष्कासन हुनेछ ।

आईपीओ निष्कासनको पाइपलाइनमा रहेका अन्य कम्पनीहरूमा उत्पादन तथा प्रशोधन क्षेत्रका १३ कम्पनी, होटल तथा पर्यटन क्षेत्रका ५, माइक्रोइन्स्योरेन्स कम्पनी ४, माइक्रोफाइनान्स १ र अन्य क्षेत्रका १५ कम्पनीहरू रहेका छन् ।