अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुनको प्रस्ताव


काठमाडौं– अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउा प्रस्ताव गरिएको छ । संसदको तल्लो सदनमा पेस गरिएको एक विधेयकमा बालबालिकालाई सामाजिक सञ्जालमा प्रयोगमा प्रतिबन्ध गराउने प्रस्ताव गरिएको हो ।

बिहीबार पेस गरिएको उक्त विधेयक कार्यान्वयनमा आएमा अष्ट्रेलियाका बालबालिकाहरु सामाजिक सञ्जालको पहुँचबाट बञ्चित रहनेछन् । एक्स, टिकटक, फेसबुक र इन्टाग्रामलाई बालिकालिकाहरुको लागि प्रतिबन्धित गर्ने प्रस्ताव विधेयकमा राखिएको अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताएका छन् ।र

नयाँ कानुन कार्यान्वयनमा आएसँगै सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउन सहयोग पुग्ने उनको दाबी छ । अस्ट्रेलियाको नयाँ कानुनले यस्तो प्रतिबन्धको लागि एउटा स्पष्ट रूपरेखा प्रदान गर्ने बताइएको छ । १७ पृष्ठ लामो उक्त विधेयकलाई अर्को हप्ता अस्ट्रेलियाको सिनेटमा पेस गर्ने तयारी गरिएको छ ।

सरकारको उक्त कदमप्रति अस्ट्रेलियामा धेरै अभिभावकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । अर्कातर्फ बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न र त्यसको प्रयोग गर्नबाट रोक्न सम्भव छ कि छैन भन्दै विज्ञहरुले प्रश्नसमेत उठाइरहेका छन् ।