सुर्खेत– दैलेखमा बोक्सीको आरोपमा एक जना धामीको हत्या भएको छ । दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधबार राति हत्या भएको हो ।
हत्या आरोपमा कर्णबहादुरको भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । उनका अनुसार कर्णबहादुर गाउँका धामी थिए ।
बुधबार राति भुवन कर्णबहादुरको घर गएका थिए । त्यहाँ उनले कर्णबहादुरसँग सुरुमा पानी मागेर खाएका थिए । त्यसको केही समयपछि आफूलाई ‘बोक्सी मन्त्र लगाएर बिरामी पारेको’ आरोप उनले कर्णबहादुरमाथी लगाए । सोपछि भुवनसिंहले धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जानकारी दिएको छ ।
हतियार प्रहारबाट घाइते भएका कर्णबहादुरलाई दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनापछि भुवनसिंहलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको
प्रतिक्रिया