काठमाडौं– अबदेखि औषधी पसलमा सेतो एप्रोन लगाएर मात्र फर्मासिष्टहरूले औषधि वितरण गर्न पाउने भएका छन् । आगामी पुस ४ गतेदेखि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको हो ।
फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने नेपाल फार्मेसी परिषद्ले चेतावनी दिएको छ ।
ड्रेसकोडको पालना भए÷नभएको परिषद्बाट नियमित अनुगमन हुने जनाइएको छ । ड्रेसकोडको पालना नगरिएमा परिषद्को नियमावली, २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइने परिषद्ले जनाएको छ ।
परिषद् ऐनको दफा ९ को उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी फार्मेसी परिषद्ले फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्ल्लेख गरिएको डे«सकोड लगाउनुपर्ने नियम बनाएको छ । त्यस्तै, फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बरसहितको एप्रोन लगाउनुपर्ने व्यवस्था गरेको हो ।
प्रतिक्रिया