नेप्से परिसूचक ३१.३१ अंकले घट्दा कारोबार रकममा वृद्धी
काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक बुधबारको तुलनामा ३१.३१ अंकले घट्दै २६८० अंक कायम भएको छ ।
बुधबारको तुलनामा आज कारोबार रकममा भने वृद्धी भएको छ । त्यस्तै कारोबार रकम सामान्य बढेको छ । बुधबार ७ अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोडको कारोबार भएको छ ।
आज कुल ४३ कम्पनीको मूल्य बढ्दा १९७ को मूल्य घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
बिहीबार फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.८६ प्रतिशत अंकले घटेको छ । बैंकिङ ०.९०, विकास बैंक १.४७, होटल तथा पर्यटन १.७३, हाइड्रोपावर ०.९०, लगानी ०.९०, जीवन बीमा १.३६, उत्पादन १.५४, माइक्रोफाइनान्स ०.६८, निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशत घटे ।
दुई कम्पनी सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ६.११, धौलागिरि लघुवित्तको ५.४९ तथा रिभर फल्स पावरको ५.३३ प्रतिशत बढ्यो ।
जानाकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । नारायणी विकास बैंकको ७.२६, सुपरमाइ हाइड्रोपावरको ७.१४, सपोर्ट माइक्रोफाइनान्सको ७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, रसुवागढी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी र कर्णाली विकास बैंक क्रमशः अगाडि रहे ।