Logo

‘तेल भिसा’ रिलिज, तर कमजोर छ बिहानी शोको अकुपेन्सी


आज शुक्रबारदेखि रिलिजमा आएको नेपाली फिल्म ‘तेल भिसा’ले कमजोर ओपनिङ गरेको छ । बिहानी शोमा दर्शकको उपस्थिती ज्यादै न्यून छ ।

यो फिल्मले मल्टिप्लेक्समा राम्रो शोज पाएको छ । यसैले, फिल्मको वर्ड अफ माउथ बलियो भएको खण्डमा मात्र यसको व्यापार सुखद हुने देखिन्छ ।

आज बिहानैबाट काठमाडौं र मोफसलका हलमा दर्शकको उपस्थिती निकै कमजोर देखिएको हो । मध्यान्नबाट फिल्मको व्यापार उठ्न सक्छ ।

शंकर घिमिरेको निर्देशनमा नायिका ऋचा घिमिरेको प्रस्तुतिमा तयार भएको यो फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्मलाई देशभरका मल्टिप्लेक्सले डेढ सय हारहारीका शोज दिएका छन् । फिल्मले पाएको शोजमा राम्रो अकुपेन्सी पायो भने बक्स अफिस आँकडा पनि सुखद आउन सक्छ । तर, बिहानी शोजले सुखद संकेत भने गरेको छैन । दिनभर पनि हलमा बुकिङ निकै दयनीय छ । अब, डोर सेलले नै यो फिल्मको अकुपेन्सी बढाउन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्