Logo

कम्बोडियामा लगानी गरेको आरोपमा ओलीको जवाफः अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो

काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई केहीदिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्रीले कम्बोडिमा अर्बौँ लगानी रहेको आरोप लगाएका थिए । सोही आरोपका कारण अफवाह फैलाउने काम गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

यता शुक्रबार एमालेले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काएका छन् । त्यत्तीकै आरोप लगाउने प्रवृत्ति रहेको बताउँदै उनले तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिए ।

आरोप नै लगाउनका लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने उनले बताए। कार्यक्रमको सम्बोधनका क्रममा उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल १’

यस्ता फाल्तु कुरा गरेर केही फरक नपर्ने उनले बताए । तर अन्य दलका कतिपय नेताहरु सामान्य अवस्थाबाट एकाएक अर्बौँको मालिक भएको भन्दै उनले प्रश्न उठाए ।

 

प्रतिक्रिया दिनुहोस्